Wednesday, October 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

धरानको भौतिक विकासका महत्वकांक्षी ४ गुरुयोजना सार्वजनिक

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस २६, २०७८
in समाचार
0
पछिल्लो साता धरानमा १६ जनाको निधन, निषेधाज्ञा खुकुलिएसँगै संक्रमण बढ्यो
122
SHARES
Share on FacebookShare on Twitter

धरान : धरानको पुरातत्व, इतिहास, पर्यटन र धार्मीक सम्पदा रहेको जियपुरस्थित दरवार क्षेत्र र मन्दिरहरूको सम्बर्धनका लागि उपमहानगरपालिकाले गुरुयोजना तयार गरेको छ ।

धरानलाई खेलकुदको शहर बनाउने, मासु व्यवसायलाई वैज्ञानिक रूपमा व्यवस्थित गर्ने गुरुयोजना पनि तयार भएको छ । दीर्घकालीन र अल्पकालीन ती योजनाहरू कार्यान्वयन हुनसके धरानको भौतिक विकासमा नयाँ कोशेढुंगा स्थापित हुनेछ ।

उपमहानगरपालिकाले आइतबार गुरुयोजनाहरुको प्रारम्भिक मस्यौदाहरू सरोकारवालाहरूसंग छलफलका लागि सार्वजनिक गरेको हो । स्पोर्ट सिटी र कभर्ड हलको गुरुयोजना जेभी अफ ग्राइड कन्सल्ट प्रालि र इन्नोभेसन डिजाइन कन्सर्न प्रालिले तयारी गरेको हो ।

भक्तराज कन्दङवा क्रिकेट स्टेडियम र पशु बधशालाको गुरु योजना जेभी अफ आरआइडी प्रालि र श्रेष्ठ कन्सल्टेन्ट प्रालि, अर्बन प्लानिङ एण्ड डिजाइन कन्सल्टेन्ट नेपाल प्रालिले तयार गरेको हो । विजयपुर दरबार तथा दन्तकाली, पिण्डेश्वर र बुढासुब्बा मन्दिरको गुरुयोजना आइइआरसी इकोकेड स्ट्रेन्थ जेभीले तयार गरेको हो ।

मेयर तिलक राईले भने ‘धरानको ऐतिहासीक, धार्मिक सम्पदाको सम्बद्र्धन गर्दै व्यवस्थित शहरको रुपमा उचाई थप्न गुरु योजनाहरु तयारी गरिएका हुन, यसमा सरोकारवाला समुदायसंग छलफल गरिनेछ ।’ महत्वकांक्षी योजना पनि यसमा भएको बताउँदै यसको कार्यान्वयन तिनै तहका सरकारको साधान श्रोत जुटाएर गर्न सकिने उनले बताए ।

योजनाहरु मध्ये कतिपय उपमहानगरपालिकाको बहुवर्षिय योजनाको रुपमा प्रारम्भिक चरणका कामहरु भैरहेका छन् । धरान–१५ स्थित भक्तराज कन्दङवा क्रिकेट स्टेडियम निर्माणस्थल सम्याउने कार्य अन्तिम चरणमा पुगेको छ । यसको गुरुयोजना तयार भएको छ ।

अन्तर्राष्ट्रिय मापदण्डमा बन्ने क्रिकेट स्टेडियममा जग्गाको कारण दर्शक क्षमता २५ सय मात्र रहने भएकाले योजनालाई परिमार्जन गरी सुविधाहरू थप्ने सुझाव दिइएको छ ।

क्रिकेट स्टेडियमका साथै धरानलाई खेलकुदको शहरु बनाउने सम्भावनाको मार्गचित्र पनि तयार गरिएको छ । भएका पूर्वाधारमा सुधार थप पुर्वाधारको निर्माण पहिचान गरिएको छ । अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा क्षेत्रिय स्तरका खेलकुद प्रतियोगिता एकै साथ धरानमै आयोजना गर्न आवश्यक पूर्वाधारहरुको बारेमा मार्गचित्र बनाइएको हो ।

पूर्वाधारको प्रारम्भिक निर्माण कार्यका लागि धरान–१७ स्थित एन्फा टेक्निकल सेन्टरसंग जोडिएका जग्गामा खेलकुद ग्रामको गूरु योजना तयार गरिएको छ ।

Tags: #धरान#धरान उपमहानगरपालिका
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा
समाचार

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

विराटनगर : कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईँले पदबाट राजीनामा दिएका छन्। गुरागाईँले कात्तिक १० गते प्रदेश प्रमुख परशुराम खापुङसमक्ष...

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो
खेलकुद

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

विराटनगर : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको खेलमा विराटनगर किङ्ग्स चितवन राइनोजसँग ८ रनले पराजित भएको छ। चितवनले दिएको...

सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

कार्तिक १०, २०८३
मौसम खुलेपछिको खाँदबारी बजार

मौसम खुलेपछिको खाँदबारी बजार

कार्तिक १०, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

कार्तिक १०, २०८३

झापामा तीन लाखभन्दा बढीका पटका बरामद

कार्तिक १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कार्तिक १०, २०८३
विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

कार्तिक १०, २०८३
सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

कार्तिक १०, २०८३
मौसम खुलेपछिको खाँदबारी बजार

मौसम खुलेपछिको खाँदबारी बजार

कार्तिक १०, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    841 shares
    Share 336 Tweet 210
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    643 shares
    Share 257 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    512 shares
    Share 205 Tweet 128
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    285 shares
    Share 114 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.