इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ११३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये मोरङको विराटनगरमा ५१, कानेपोखरी, कटहरी र उर्लाबारीमा १–१, झापाको बिर्तामोडमा ९, भद्रपुर र कमल गाउँपालिकामा ४–४, अर्जुनधारा र मेचीनगरमा ३–३, दमक, कनकाई र बुद्धशान्तिमा १–१ जना छन् ।
यता, सुनसरीको इटहरी र धनकुटाको महालक्ष्मीमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो ।
प्रदेश १ मा आज ७ जना कोरोना संक्रमणमुक्त भएका छन् भने एक पुरुषको मृत्यु भएको छ । हाल सक्रिय संक्रमितको संख्या ३०७ रहेको मन्त्रालयले जनाएको छ ।














Discussion about this post