इटहरी : इटहरी आसपासका उपभोक्तालाई लक्षित गर्दै भिभो मोबाइलको सर्भिस सेन्टर खुलेको छ । इटहरीको सेन्ट्रल प्लाजामा सर्भिस सेन्टरको सुरुवात भएको हो ।
एक कार्यक्रममाबीच उद्घाटन गरिएको छ । विक्रेता हरिभक्त श्रेष्ठ र इटहरी क्षेत्रका वितरक रोशन ढकालले संयुक्त रूपमा रिवन काटेर सेन्टरको उद्घाटन गरेका थिए ।
कार्यक्रममा विक्रेताहरूलाई भिभोको इतिहास, सर्भिस पोलिसी र एसोसिरीजको बिषयमा म्यानेजर अल्बर्ट राईले जानकारी गराए । उनका अनुसार बिगत ४ बर्षदेखि बजारमा उपलब्ध हूँदै आएको भिभो मोबाइलमा नगन्य समस्या रहेको उनले बताए ।
हाल १३ हजार ६ सयदेखि ५० हजार सम्मका फोनहरू बजारमा उपलब्ध छन् ।














Discussion about this post