इटहरी : इटहरीमा ११ सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप २७२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये मोरङको विराटनगरमा ११९, बूढीगंगामा १३, सुनबर्षी र बेलबारीमा ३–३, उर्लाबारीमा २, कटहरी, धनपालथान र रतुवामाईमा १–१ जना छन् ।
यता, सुनसरीको धरानमा १६, इटहरीमा ११, इनरुवामा ५, रामधुनीमा २, बर्जु र दुहवीमा १–१ र स्थानीय तह नखुलेका ३ जना छन् ।
उता, झापाको मेचीनगरमा २०, विर्तामोडमा ५, भद्रपुर र कनकाईमा २–२, अर्जुनधारा र दमकमा १–१ जना, भोजपुरको षडानन्द र पाँचथरको फिदिममा १–१ र प्रदेश १ बाहिरका १६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यही अवधिमा प्रदेश १ मा थप २२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने एक पुरुषको मृत्यु भएको छ । हाल प्रदेश १ मा सक्रिय संक्रमितको संख्या ५९७ रहेको मन्त्रालयले जनाएको छ ।














Discussion about this post