इटहरी : नेपालमा पछिल्लो २४ घण्टामा थप तीन हजार ५५३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यही अवधिमा २७१ जना निको भएका छन् भने एकजनाको मृत्यु भएको छ ।
हालसम्म नेपालमा आठ लाख ४१ हजार २९७ संक्रमित भएका छन् । यस्तै, कुल मृतकको संख्या ११ हजार ६१० पुगेको मन्त्रालयले जनाएको छ ।
हाल देशभर १४ हजार २४० सक्रिय संक्रमित छन् ।














Discussion about this post