इटहरी : इटहरीमा १७ सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप २९२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये मोरङको विराटनगरमा ११४, सुन्दरहरैँचामा ४, पथरीशनिश्चरे, बुढीगंगा र कटहरीमा २–२, रतुवामाई, कानेपोखरी, धनपालथान, सुनबर्षी, ग्रामथान, उर्लाबारी र लेटाङ, बेलबारीमा १–१ जना छन् ।
यस्तै, सुनसरीको धरानमा ४३, इटहरीमा १७, इनरुवामा ३, दुहवी र देवानगञ्जमा २–२ जना छन् ।
उता, झापाको बिर्तामोडमा ९, भद्रपुरमा ७, दमक र मेचीनगरमा ४–४, अर्जुनधारा र शिवसताक्षीमा २–२, बुद्धशान्ति, कचनकवल, बाहृदशी, हल्दिबारी र कनकाईमा १–१ जना छन् ।
यस्तै, उदयपुरको त्रियुगा र कटारीमा १–१, धनकुटाको धनकुटा नगरपालिका, संखुवासभाको पाँचखपन, इलामको चुलाचुली, पाँचथरको मिक्लाजुङ र भोजपुरको षडानन्दमा १–१ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण देखिएको हो ।
यस्तै, प्रदेश १ मा यही अवधिमा थप ८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने एक पुरुषको मृत्यु भएको छ । हाल सक्रिय संक्रमितको संख्या ८३८ रहेको मन्त्रालयले जनाएको छ ।














Discussion about this post