इटहरी : सुनसरीसहित देशका नौ जिल्लालाई कोरोना संक्रमणको उच्च जोखिममा राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सुनसरीसहित नौ जिल्लामा हाल दुई सय बढी कोरोना संक्रमित रहेको र दैनिक संक्रमितको संख्या बढ्दै गएकाले उच्च जोखिममा राखिएको हो । प्रदेश १ का सुनसरी र मोरङलाई उच्च जोखिममा राखिएको छ ।
यो बाहेक काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, बाँके र चितवनलाई उच्च जोखिममा राखिएको मन्त्रालयले जनाएको छ ।
यी जिल्लामा दुई सय बढी कोरोना संक्रमित रहेको र संक्रमण फैलिने दर बढी रहेको मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले बताए । हाल देशका ७५ जिल्लामा कोरोनाका संक्रमित देखिएका छन् ।
मुगु र मुस्ताङबाहेक अन्य जिल्लामा कोरोना संक्रमति भेटिएका छन् । गत १६ पुसदेखि क्रमशः कोरोना संक्रमण बढ्न थालेको हो । ओमिक्रोन जोखिम कम गर्न सरकारले खोप लगाउन र स्वास्थ्य मापदण्ड पालन गर्न आग्रह गरेको छ ।
विश्वस्तरमा नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै नेपालमा पनि संक्रमण दिनहुँ बढ्दो छ । अहिलेसम्म नेपालमा २७ जनामा ओमिक्रोन पुष्टि भएको छ ।














Discussion about this post