इटहरी : सुनसरीमा एक सय २९ सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ६ सय १७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ जना निको भएका छन् भने दुईजनाको मृत्यु भएको छ ।
थपिएका संक्रमितमध्ये मोरङमा दुई सय २७, झापामा एक सय १६, सुनसरीमा एक सय २९, धनकुटामा चार, भोजपुरमा दुई र उदयपुरमा एक जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै, सोलुखुम्बुका दुई, इलामका दुई र प्रदेश बाहिरका जिल्लाका ३८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा हाल सक्रिय संक्रमितको संख्या दुई हजार नाघेको छ ।














Discussion about this post