इटहरी : इटहरीमा ७२ सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप १ हजार ७१ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये मोरङको विराटनगरमा ३८६, बूढीगंगामा २२, बेलबारीमा ९, सुन्दरहरैँचामा ८, रंगेली र केराबारीमा ५–५, उर्लाबारी, कटहरी र ग्रामथानमा २–२, मिक्लाजुङ, कानेपोखरी, पथरीशनिश्चरे र धनपालथानमा १–१ र स्थानीय तह नखुलेका ३ जना छन् ।
यता, सुनसरीको धरानमा १८७, इटहरीमा ७२, दुहवीमा ९, इनरुवामा ७, रामधुनीमा ३, देवानगञ्ज, कोशी गाउँपालिका र बराहक्षेत्रमा २–२, बर्जु र भोक्राहानरसिंहमा १–१ जना संक्रमित थपिएका छन् ।
यस्तै, झापाको बिर्तामोडमा ४१, भद्रपुरमा २०, दमकमा १७, अर्जुनधारामा १३, कनकाईमा ११, मेचीनगरमा ९, कमल गाउँपालिकामा ५, बाहृदशी र बुद्धशान्तिमा ३–३, हल्दिबारीमा २, कचनकवल र गौरादहमा १–१ जना छन् ।
उता, इलामको चुलाचुलीमा २, सूर्योदय, माङ्सेबुङ र इलाम नगरपालिकामा १–१ जन छन् भने धनकुटाको धनकुटा नगरपालिकामा ४ र स्थानीय तह नखुलेका १ जना छन् ।
यस्तै, भोजपुरको भोजपुर नगरपालिकामा ३ र ट्याम्केमैयुङमा १, उदयपुरको त्रियुगामा ४, संखुवासभाको सभापोखरीमा २ र स्थानीय तह नखुलेका १ जना छन् भने ताप्लेजुङमा २, ओखलढुङ्गाको लिखु गाउँपालिका, तेहृथुमको लालीगुराँस र सोलुखुम्बुको नेचासल्यानमा १–१ र प्रदेश १ बाहिरका ३५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा यही अवधिमा थप ३२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार हाल प्रदेश १ मा ३ हजार ६७ जना सक्रिय संक्रमित छन् ।














Discussion about this post