इटहरी : ः प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप एक हजार ६० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अुनसार यही अवधिमा ४८ जना संक्रमणमुक्त भएका छन् ।
बिहीबार थपिएका संक्रमितमध्ये मोरङमा ३ सय ७७, सुनसरीमा २ सय ५४, झापामा १ सय ३८, धनकुटाका १३, उदयपुरमा ५, तेह्रथुम र इलाममा २–२, भोजपुर, खोटाङ, पाँचथर र ओखलढुंगामा १–१ एवं प्रदेश बाहिरका जिल्लाका ५० संक्रमित छन् ।
एन्टिजेन परीक्षणमा संक्रमित देखिएका २ सय १५ मध्ये ५६ मोरङका, ५३ झापाका, ४५ सुनसरीका, २७ इलामका, ९ भोजपुरका, ८ खोटाङका, ७ सोलुखुम्बुका, ६ संखुवासभाका र ४ ओखलढुंगाका छन् ।
सुनसरीमा ४५ जनाको एन्टिजेन परीक्षणमा ४५ जनै संक्रमित देखिएका छन् ।
यस्तै, बिहीबार मोरङमा १ महिलाको मृत्यु भएको छ । प्रदेशमा हाल सक्रिय संक्रमितको संख्या ४ हजार ५१५ पुगेको मन्त्रालयले जनाएको छ ।














Discussion about this post