धरान : धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
प्रतिष्ठानका सह प्रवक्ता डा. चुडामणीी पोखरेलका अनुसार शुक्रबार (आज) बिहान ११ः३५ मा सिराहा १ का ८० वर्षीय वृद्ध पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै, आजै बिहान ११ः४५ बजे लहान १९ सिराहाका ६२ वर्षीय महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।
यस्तै, श्रीपुर ३ महोत्तरीका ३० वर्षीय पुरुषको गएराति १०ः४७ बजे उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उनीहरू तीनै जना दीर्घ रोगी रहेको अस्पतालले जनाएको छ ।














Discussion about this post