इटहरी : इटहरीमा ५२ जनासहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ७०२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये मोरङको विराटनगरमा २१९, सुन्दरहरैँचा र स्थानीय तह नखुलेका ३–३, कटहरीमा २ र रंगेलीमा १ जना छन् ।
यता, सुनसरीको धरानमा १२५, इटहरीमा ५२, रामधुनी र स्थानीय तह नखुलेका २–२, बर्जु, दुहवी र देवानगञ्जमा १–१ जना छन् ।
यस्तै, झापाको भद्रपुरमा २३, अर्जुनधारा र बिर्तामोडमा ४–४, मेचीनगरमा २, कचनकवल, हल्दिबारी, बुद्धशान्ति र झापा गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ५ जना छन् ।
यस्तै, धनकुटाको धनकुटा नगरपालिकामा ५, पाख्रीबास र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिकामा ३, उदयपुरको त्रियुगा, कटारी र स्थानीयतह नखुलेका १–१, तेहृथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा थप ७६ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट २ पुरुषको मृत्यु भएको छ । हाल सक्रिय संक्रमितको संख्या ५ हजार ६१४ रहेको मन्त्रालयले जनाएको छ ।














Discussion about this post