इटहरी : नेपालको कुल जनसंख्या दुई करोड ९१ लाख ९२ हजार चार सय ८० पुगेको छ ।
बुधबार केन्द्रीय तथ्यांक विभागले नेपालको जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै नेपालको जनसंख्या सो संख्यामा रहेको जनाएको हो ।
यसपटक जनसंख्या वृद्धिदर भने घटेको विभागले जनाएको छ ।
अघिल्लो जनगणनामा १.३५ प्रतिशत जनसंख्या वृद्धिदर रहेकोमा यसपटक भने ०.९३ प्रतिशत पुगेको छ । दस वर्षमा नेपालको जनसंख्या २६ लाख ९७ हजार ९ सय ७६ अर्थात १०.१८ प्रतिशतले बढेको विभागले जनाएको छ ।
यसपटकको जनगणनामा महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुषको संख्या १ करोड ४२ लाख ९१ हजार ३११ रहेको छ ।















Discussion about this post