इटहरी : इटहरीमा ४२ सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप एक हजार चार सय ७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये मोरङको विराटनगरमा २३३, बेलबारीमा २०, सुन्दरहरैँचामा ८, कटहरीमा ७, बूढीगंगा र रंगेलीमा ६–६, उर्लाबारीमा ४, ग्रामथान र पथरीशनिश्चरेमा ३–३, रतुवामाई र सुनबर्षीमा २–२, कानेपोखरी, लेटाङ, मिक्लाजुङ, जहदा र स्थानीय तह नखुलेका १–१ जना छन् ।
यस्तै, झापाको बिर्तामोडमा ३९, दमकमा २५, भद्रपुरमा २४, कनकाई र अर्जुनधारामा १४– १४, मेचीनगरमा १२, गौरादहमा ५, हल्दिबारी, बुद्धशान्ति र शिवसताक्षीमा ४–४, गौरीगञ्ज र कमल गाउँपालिकामा ३–३, बाहृदशीमा २, कचनकवल, झापा गाउँपालिका र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण पुष्टि भएको छ ।
यता, सुनसरीको धरानमा ५९, इटहरीमा ४२, रामधुनी र स्थानीय तह नखुलेका ४–४, इनरुवामा ३, भोक्राहानरसिंह र बराहक्षेत्रमा २–२, दुहवी, हरिनगर, बर्जु र कोशी गाउपलिकामा १–१ जना छन् ।
यस्तै, धनकुटाको धनकुटा नगरपालिकामा ११, उदयपुरको त्रियुगामा ४, चौदण्डी र बेलकामा १–१, इलामको इलाम नगरपालिकामा ३, चुलाचुलीमा २ र स्थानीय तह नखुलेका १ जना छन् ।
उता, तेहृथुमको म्याङलुङमा १ र स्थानीय तह नखुलेका २, पाँचथरको फिदिम र स्थानीय तह नखुलेका १–१, संखुवासभाको खाँदबारीमा १ र प्रदेश १ बाहिरका ३५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा थप २७२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट ३ पुरुषको मृत्यु भएको छ । हाल प्रदेशमा सक्रिय संक्रमितको संख्या ७ हजार १८५ रहेको मन्त्रालयले जनाएको छ ।














Discussion about this post