इटहरी : इटहरीमा ५१ सहित प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा थप ८०९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये मोरङको विराटनगरमा १३८, सुन्दरहरैचामा १०, पथरीशनिश्चरेमा ६, कटहरी र उर्लाबारीमा ५–५, बूढीगंगा र स्थानीय तह नखुलेका ४–४, बेलबारी, कानेपोखरी, रतुवामाई, जहदा र रंगेलीमा २–२, ग्रामथान, मिक्लाजुङ, लेटाङ र केराबारीमा १–१ जनालाई संक्रमण भएको छ ।
यता, सुनसरीको धरानमा ६२, इटहरीमा ५१, बर्जु, बराहक्षेत्र, रामधुनी र गढीमा ४–४, देवानगञ्ज र हरिनगरमा २–२, भोक्राहानरसिंह, इनरुवा र कोशी गाउँपालिकामा १–१ जना छन् ।
यस्तै, झापाको बिर्तामोडमा १७, भद्रपुरमा १२, अर्जुनधारा र दमकमा ९–९, मेचीनगर र कनकाईमा ७–७, कमल गाउँपालिकामा ४, बुद्धशान्तिमा २, हल्दिबारी, शिवसताक्षी र स्थानीय तह नखुलेका १–१ जना छन् ।
यस्तै, धनकुटाको धनकुटा नगरपालिकामा ७, पाख्रीबासमा १ र स्थानीय तह नखुलेका २, इलामको इलाम नगरपालिका, चुलाचुली र सूर्योदयमा १–१, संखुवासभाको धर्मदेवी र खाँदबारीमा १–१, भोजपुरको भोजपुर नगरपालिका र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङ र उदयपुरको त्रियुगामा १–१ र प्रदेश १ बाहिरका ७४ जनामा कोरोना संक्रमण भएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा थप ३०४ जना कोरोना संक्रमणमुक्त भएका छन् भने २ पुरुषको मृत्यु भएको छ । हाल प्रदेशमा सक्रिय संक्रमितको संख्या ७ हजार ३६४ रहेको मन्त्रालयले जनाएको छ ।














Discussion about this post