इटहरी : प्रदेश १ मा थप ६९३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङमा १७६, सुनसरीमा ८७, झापामा ६६, उदयपुरमा १५, इलाम र धनकुटामा ६–६, भोजपुरमा २, ताप्लेजुङ, संखुवासभा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका २२ जनामा संक्रमण भएको हो ।
मोरङको विराटनगरमा १३५, पथरीशनिश्चरे र सुन्दरहरैचामा ८–८, बुढीगंगामा ५, बेलबारी र उर्लाबारीमा ४–४, केराबारीमा ३, रतुवामाई र कटहरीमा २–२, कानेपोखरी, ग्रामथान, सुनबर्षी, जहदा र धनपालथानमा १–१ जना संक्रमित थपिएका छन् भने सुनसरीको धरानमा ३७, इटहरीमा ३२, इनरुवामा ५, रामधुनी र दुहवीमा ३–३, देवानगञ्ज र स्थानीय तह नखुलेका २–२, गढी, बराहक्षेत्र र कोशी गाउँपालिकामा १–१ जना छन् ।
झापाको विर्तामोड र दमकमा १३–१३, कनकाईमा ११, भद्रपुरमा ८, अर्जुनधारामा ५, गौरादह र शिवसताक्षीमा ४–४, कमल गाउँपालिकामा ३, बुद्धशान्ति र बाहृदशीमा २–२, मेचीनगरमा १ जना छन् । उदयपुरको कटारीमा ७, बेलकामा ३, त्रियुगा र स्थानीय तह नखुलेका २–२, चौदण्डीगढीमा १ जना छन् ।
यस्तै, इलामको इलाम नगरपालिकामा २, माई, मांसेबुङ, सुर्योदय र माई जोगमाईमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ६, भोजपुरको भोजपुर नगरपालिका र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङको फक्ताङलुङ, संखुवासभाको मादी र खोटाङको दिप्रुङमा १–१ र प्रदेश १ बाहिरका २२ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा थप ३२९ जना कोरोना संक्रमणमुक्त भएका छन्, भने संक्रमणबाट २ महिलाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या ७ हजार ४१६ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।














Discussion about this post