विराटनगर : विराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाटबाट लागूऔषधसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङ उर्लाबारी नगरपालिका ३ बस्ने ३० वर्षीय ज्ञानु धिमाल रहेका छन् ।
शुक्रबार (आज) बिहान साढे ९ बजे लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई नाईट्रटभेट २२५ ट्याब्लेट सहित पक्राउ गरेको हो ।
पक्राउ परेका धिमालमाथि इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post