इटहरी : नेपालमा पछिल्लो २४ घण्टामा थप पाँच हजार २९२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ३६८ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४७२ जना र ५ हजार ७२० जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ८२० जना गरी कुल ५ हजार २९२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यही अवधिमा आठ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने ८ हजार १९१ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । हाल देशभरमा ७९ हजार २७२ सक्रिय संक्रमित रहेका छन् ।














Discussion about this post