इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ५३३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये मोरङको विराटनगरमा ९७, बेलबारीमा ७, पथरीशनिश्चरेमा ५, उर्लाबारी र सुन्दरहरैँचामा ४–४, मिक्लाजुङमा ३, कटहरी, जहदा र स्थानीय तह नखुलेका २–२, कानेपोखरी, सुनबर्षी, ग्रामथान, रंगेली र बुढीगंगामा १–१ जना संक्रमित थपिएका छन् ।
यस्तै, झापाको दमकमा १४, विर्तामोडमा १२, भद्रपुरमा १०, गौरादह, अर्जुनधारा र कमल गाउँपालिकामा ५–५, कनकाई र बुद्धशान्तिमा ४–४, मेचीनगरमा ३, गौरीगञ्ज , शिवसताक्षी र स्थानीय तह नखुलेकामा १–१ जना छन् ।
यता, सुनसरीको इटहरीमा १८, धरानमा १२, दुहवी र बर्जुमा ३–३, इनरुवा, गढी र देवानगञ्जमा २–२, रामधुनी र कोशी गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ९ जना छन् ।
यस्तै, धनकुटाको धनकुटा नगरपालिकामा ४, महालक्ष्मी, पाख्रिबास र स्थानीय तह नखुलेका १–१, उदयपुरको कटारी र त्रियुगामा २–२, चौदण्डीगढी र बेलकामा १–१ जना छन् ।
उता, भोजपुरको भोजपुर नगरपालिकामा २ र टेम्केमैयुङमा १, इलामको इलाम नगरपालिका, रोङ र फाकफोकथुममा १–१, तेहृथुमको छथर र मेन्छेयायेममा १–१, संखुवासभाको धर्मदेवी र पाँचथरको फिदिममा १–१ र प्रदेश १ बाहिरका २९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यही अवधिमा प्रदेश १ मा थप ७७२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । हाल सक्रिय संक्रमितको संख्या ५ हजार २४३ रहेको मन्त्रालयले जनाएको छ ।














Discussion about this post