इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ४०१ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये मोरङको विराटनगरमा ४८, सुन्दरहरैँचामा ६, पथरीशनिश्चरे र बेलबारीमा ४–४, बुढीगंगा, उर्लाबारी र कानेपोखरीमा ३–३, कटहरी, सुनबर्षी र लेटाङमा २–२, धनपालथान, केराबारी, रंगेली, ग्रामथान र स्थानीय तह नखुलेका १–१ जना छन् ।
यता, सुनसरीको इटहरीमा २४, धरानमा २०, इनरुवामा ४, बराहक्षेत्रमा ३, बर्जु, भोक्राहानरसिंह र कोशी गाउँपालिकामा २–२, दुहवी, देवानगञ्ज र रामधुनीमा १–१ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, झापाको भद्रपुरमा ८, दमकमा ७, शिवसताक्षीमा ५, गौरादहमा ४, बिर्तामोड र कनकाईमा ३–३, मेचीनगर, अर्जुनधारा, कमल गाउँपालिका र स्थानीय तह नखुलेका २–२, हल्दिबारी र बुद्धशान्तिमा १–१ जना छन् ।
यस्तै, उदयपुरको त्रियुगामा ३, उदयपुरगढी र चौदण्डीगढीमा २–२, कटारीमा १, धनकुटाको धनकुटा नगरपालिकामा ३, इलामको इलाम नगरपालिका र चुलाचुलीमा १–१, पाँचथरको कुम्वायक र स्थानीय तह नखुलेका १–१, संखुवासभाको खाँदबारीमा १ र प्रदेश १ बाहिरका १८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा थप ४५५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट २ पुरुषको मृत्यु भएको छ । हाल प्रदेशमा सक्रिय संक्रमितको संख्या ५ हजार २ रहेको मन्त्रालयले जनाएको छ ।














Discussion about this post