नेपालमा कोरोना भाइरस को संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । २,५२६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ८,४२५ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ५६ हजार ४५७ संक्रिय संक्रमित छन् ।
शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ९७ हजार ५८९ पुगेको छ । यस्तै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ७९४ पुगेको छ भने ८ लाख ९५ हजार ८६८ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै १० वर्ष मुनिका ३५ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ९८ जना कोरोना संक्रमित थपिएका छन् ।














Discussion about this post