इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप २०९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसारथपिएका संक्रमितमध्ये मोरङको विराटनगरमा ३०, बेलबारीमा ८, उर्लाबारी, सुन्दरहरैचा, पथरीशनिश्चरे र बुढीगंगामा ५–५, ग्रामथानमा ३, सुनबर्षीमा २, मिक्लाजुङ, जहदा, कटहरी, कानेपोखरी र स्थानीय तह नखुलेका १–१ जना छन् ।
यता, सुनसरीको धरानमा ११, इटहरीमा ९, बराहक्षेत्रमा ४, गढीमा २, देवानगञ्ज र इनरुवामा १–१ र स्थानीय तह नखुलेका ३ जना छन् ।
यस्तै, झापाको दमकमा ८, हल्दिबारी र कनकाईमा ३–३, भद्रपुरमा २, बुद्धशान्ति, शिवसताक्षी, विर्तामोड, मेचीनगर, गौरादह, गौरीगञ्ज, कमल गाउँपालिका र स्थानीय तह नखुलेका १–१ जना छन् भने उदयपुरको उदयपुरगढी, चौदण्डीगढी र स्थानीय तह नखुलेका १–१ जना छन् ।
यस्तै, धनकुटाको धनकुटा नगरपालिकामा ३, इलामको इलाम नगरपालिका र चुलाचुलीमा १–१, संखुवासभाको खाँदबारी र पाँचखपनमा १–१, खोटाङको दिप्रुङमा २, पाँचथरको फिदिम, ताप्लेजुङको श्रीजंगा र तेहृथुममा १–१ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा यही अवधिमा थप ४५८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट २ महिलाको मृत्यु भएको छ । हाल प्रदेशमा सक्रिय संक्रमितको संख्या २ हजार ६३२ रहेको मन्त्रालयले जनाएको छ ।














Discussion about this post