इटहरी : इटहरीमा १३ सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप २७४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये मोरङको विराटनगरमा २९, बेलबारीमा ५, बूढीगंगा, पथरीशनिश्चरे र जदहामा ४–४, रंगेली, ग्रामथान, उर्लाबारी र रतुवामाईमा २–२, केराबारी, सुन्दरहरैँचा र मिक्लाजुङमा १–१ जना छन् ।
यस्तै, सुनसरीको इटहरीमा १३, धरानमा ६, रामधुनीमा ३, देवानगञ्ज, बराहक्षेत्र र दुहवीमा २–२ र स्थानीय तह नखुलेका १ जना छन् ।
यस्तै, झापाको विर्तामोडमा ७, अर्जुनधारा, कनकाई र भद्रपुरमा ३–३, दमकमा २, शिवसताक्षी, मेचीनगर, कमल र झापा गाउँपालिकामा १–१ जना संक्रमित थपिदा संखुवासभाको खाँदबारीमा २, सभापोखरी र स्थानीय तह नखुलेका १–१ जना छन् ।
उता, भोजपुरको भोजपुर नगरपालिकामा ३ र स्थानीय तह नखुलेका १, धनकुटाको धनकुटा नगरपालिकामा २ र छथरजोरपाटीमा १, पाँचथरको फाल्गुनन्द, इलामको चुलाचुली र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा थप ३८१ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । हाल प्रदेशमा सक्रिय संक्रमितको संख्या २ हजार ३७३ रहेको मन्त्रालयले जनाएको छ ।














Discussion about this post