इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा २३० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये मोरङको विराटनगरमा ९, सुन्दरहरैँचा र बेलबारीमा ५–५, पथरीशनिश्चरेमा ३, रतुवामाई, रंगेली, लेटाङ, कानेपोखरी, उर्लाबारी, केराबारी र स्थानीय तह नखुलेका १–१ जना छन् ।
यस्तै, झापाको बिर्तामोडमा ७, भद्रपुरमा ४, मेचीनगर र कमल गाउँपालिकामा ३–३, बाहृदशी र कनकाईमा २–२, अर्जुनधारा, गौरादह, दमक, बुद्धशान्ति र झापा गाउँपालिकामा १–१ जना छन् ।
यता, सुनसरीको धरान र इटहरीमा ७–७, दुहवीमा ४, बराहक्षेत्रमा २, इनरुवा, रामधुनी, झोक्राहानरसिंह, गढी र कोशी गाउँपालिकामा १–१ जना छन् ।
यस्तै, इलामको फाकफोकथुममा २, इलाम नगरपालिका, चुलाचुली र मांसेबुङमा १–१, तेहृथुमको छथरमा २ र आठराईमा १ जना छन् ।
उता, उदयपुरको उदयपुरगढीमा २ र त्रियुगामा १, संखुवासभाको पाँचखपन, चैनपुर र स्थानीय तह नखुलेका १–१ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा थप १४५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ पुरुषको मृत्यु भएको छ । हाल प्रदेशमा सक्रिय संक्रमितको संख्या २ हजार ३३० रहेको मन्त्रालयले जनाएको छ ।














Discussion about this post