विराटनगर : विराटनगरबाट लागूऔषध ब्राउनसुगरसहित एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले मोरङको केराबारी गाउँपालिका ८ का ३५ वर्षीय मेकेन्जी लिम्बूलाई पक्राउ गरेको हो ।
जोगवनीदेखि ब्राउनसुगर लिएर प्रदेश १–०२–०४१ प ६२५९ नम्बरको स्कुटरमा आउँदै गरेको अवस्थामा विराटनगर महानगरपालिका १५ बाट लिम्बूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनको साथबाट २ ग्राम ७ मिलिग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post