इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप २०१ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये मोरङको विराटनगरमा १५, सुन्दरहरैँचामा ६, बूढीगंगामा ४, उर्लाबारीमा ३, रंगेली र बेलबारीमा २–२, रतुवामाई, ग्रामथान, कानेपोखरी र लेटाङमा १–१ जना छन् ।
यस्तै, सुनसरीको धरान र इटहरीमा ९–९, बराहक्षेत्रमा ४, रामधुनी, इनरुवा र स्थानीय तह नखुलेका १–१ जना छन् ।
यस्तै, झापाको भद्रपुरमा ६, दमकमा ५, बिर्तामोड र हल्दिबारीमा ३–३, मेचीनगरमा २, गौरादह, गौरीगञ्ज, कनकाई र कमल गाउँपालिकामा १–१, संखुवासभाको धर्मदेवी र चैनपुरमा १–१, खोटाङको जन्तेढुङ्गा र बराहपोखरीमा १–१ जना छन् ।
उता, तेहृथुमको आठराई, इलामको देउमाई, पाँचथरको फालेलुङ, उदयपुरको बेलका र धनकुटाको धनकुटा नगरपालिकामा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा थप २२२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । हाल प्रदेशमा सक्रिय संक्रमितको संख्या २ हजार २०६ रहेको मन्त्रालयले जनाएको छ ।














Discussion about this post