इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप १५६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये मोरङको विराटनगरमा ८, सुन्दरहरैँचामा ४, बेलबारी र कानेपोखरीमा ३–३, रतुवामाई र रंगेलीमा १–१, जना छन् ।
यता, सुनसरीको इटहरीमा ६, धरानमा ३, रामधुनी, दुहबी, देवानगञ्ज र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, झापाको बिर्तामोड र दमकमा २–२, भद्रपुर, बाहृदशी, हाल्दिबारी, कनकाई, गौरीगञ्ज, बुद्धशान्ति, शिवसताक्षी र झापा गाउँपालिकामा १–१ जनामा संक्रमण देखिएको छ ।
उता, धनकुटाको धनकुटा नगरपालिका, छथरजोरपाटी र पाख्रीबासमा १–१, तेहृथुमको फेदाप र आठराईमा १–१, उदयपुरको त्रियुगामा २, इलामको इलाम नगरपालिका, ताप्लेजुङको श्रीजंगा र सङ्खुवासभाको खाँदबारीमा १–१ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज २८४ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । हाल प्रदेशमा सक्रिय संक्रमितको सङ्ख्या एक हजार ९८६ रहेको मन्त्रालयले जनाएको छ ।














Discussion about this post