इटहरी : शैक्षिक परामर्श संघ (इक्यान) पूर्वाञ्चलद्वारा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई ध्यानाकर्षण गराइएको छ ।
इक्यानका अध्यक्ष प्रकाश लकान्द्रीका अनुसार वैदेशिक अध्ययन अनुमति पत्रको दर्ता प्रक्रिया, शुल्क तथा अनलाइनमार्फत भर्न पाउने र विद्यार्थीले अनलाइन कन्सल्टेन्सीको रिफ्रेन्समा घरैमा बसेर इमेलमार्फत एनओसी पत्र दिने व्यवस्था मिलाउनका लागि मुख्यमन्त्री राईलाई ध्यानाकर्षण गराइएको हो ।
शैक्षिक परामर्श सस्थाहरुको दर्ता तथा नवीकरण प्रदेश स्तरबाटै दिने व्यवस्था गरिनुपर्ने माग राखेको लकान्द्रीले बताए ।
नेपाल सरकार शिक्षा मन्त्रालयद्वारा जारी शैक्षिक परामर्श तथा भाषा शिक्षण सम्बन्धि निर्देशिका २०६८ अनुसार शैक्षिक परामर्श सेवा क्षेत्रको व्यवसायिक प्रकृति अनुसार दर्ता प्रक्रिया प्रदेश सरकारले गर्नुपर्ने मागसहित ध्यानाकर्षण पत्र बुझाइएको उनले बताए ।














Discussion about this post