इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ११६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये मोरङको विराटनगरमा ८, बुढीगंगामा ७, सुन्दरहरैँचामा ४, उर्लाबारीमा २, जहदा, कानेपोखरी, बेलबारी, केराबारी, कटहरी र लेटाङमा १–१ जना छन् ।
यस्तै, बिर्तामोडमा ३, शिवसताक्षी, मेचीनगर, भद्रपुर र दमकमा २–२, कनकाई, हल्दिबारी, गौरीगञ्ज र कमल गाउँपालिकामा १–१ जना छन् ।
यता, सुनसरीको इटहरीमा ७, इनरुवामा ३, भोक्राहानरसिंह, बराहक्षेत्र र स्थानीयतह नखुलेका १–१, इलामको माई र स्थानीय तह नखुलेका १–१, तेहृथुमको आठराई र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, संखुवासभाको धर्मदेवीमा १ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा थप १०५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल प्रदेशमा सक्रिय संक्रमितको संख्या एक हजार ४१६ रहेको मन्त्रालयले जनाएको छ ।














Discussion about this post