इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ६८ जनामा कोरोना भाइरस संक्रमणको भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये मोरङको विराटनगर र बुढीगंगामा ५–५, सुन्दरहरैचा, केराबारी र रतुवामाईमा १–१, झापाको कनकाईमा ३, दमक, भद्रपुर र मेचीनगरमा १–१ जना छन् ।
यता, सुनसरीको इटहरीमा ३, रामधुनी र बराहक्षेत्रमा १–१, उदयपुरको बेलका, त्रियुगा, चौदण्डीगढी र कटारीमा १–१, खोटाङको दिप्रुङ र पाँचथरको फिदिममा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा थप १२५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल प्रदेशमा सक्रिय संक्रमितको संख्या एक हजार २११ रहेको मन्त्रालयले जनाएको छ।














Discussion about this post