इटहरी : इटहरीका लागि सुजुकी चारपाङ्ग्रे सवारी साधनको आधिकारिक बिक्रेता एब्सुल्युट अटोले सबैभन्दा धेरै इन्धन प्रभावकारी पारिवारिक कार सुजुकी सेलेरीयोसार्वजनिक गरेको छ ।
इटहरीस्थित सोरुममा एब्सुल्युट अटोकी सञ्चालीका दीक्षा कार्कीले एक कार्यक्रमकाबीच उक्त कार सार्वजानिक गरेकी हुन् ।
सर्वाधिक माइलेज दिने गाडीको दाबी गरिएको सो गाडीबाट ग्राहकलाई बढ्दो पेट्रोलियम पदार्थको मूल्यवृद्धि भारबाट केही राहत मिल्ने कम्पनीको बिश्वास छ ।
नयाँ सेलेरियोमा अतुलनीय ड्राइभिङ अनुभव, नयाँ थ्रिडी अर्गानिक स्कल्प्टेड डिजाइन, फर्स्ट–इन–सेगमेन्ट सुरक्षा, र सुविधायुक्त सुविधाहरू भएको कम्पनीले जनाएको छ ।
एब्सुल्युट अटोका म्यानेजर कुशल लामीछानेले सेलेरियो नेपाली बजारमा निकै रुचाइएको पारिवारिक सवारी भएको बताए । सेलेरीयोले प्रति लिटर २६ किलोमटिर भन्दा बढी माइलेज दिने कम्पनीको दाबी छ ।















Discussion about this post