प्रदेश १ मा थप ६० जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङमा १९, सुनसरीमा ९, झापामा ८, इलाममा २, भोजपुर र उदयपुर १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो ।
मोरङको विराटनगरमा ७, पथरीशनिश्चरे र बुढीगंगामा २–२, मिक्लाजुङ, सुन्दरहरैचा, बेलबारी, रतुवामाई, लेटाङ, केराबारी, सुनबर्षी र रंगेलीमा १–१ जना छन् भने सुनसरीको इटहरीमा ३, बर्जु, हरिनगर, धरान र रामधुनीमा १–१ र स्थानीय तह नखुलेका २, झापाको भद्रपुरमा ३, विर्तामोड, मेचीनगर, हल्दिबारी, गौरीगञ्ज र दमकमा १–१ जना छन् ।
यसैगरि, इलामको इलाम नगरपालिका र रोङमा १–१, भोजपुरको हतुवागढी र उदयपुरको त्रियुगामा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा थप ६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ९६९ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।














Discussion about this post