विराटनगर : विराटनगर महानगरपालिका १२ बाट ब्राउनसुगरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर १२ का कुनाल सिंह रहेका छन् ।
विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी निरीक्षक सहितको टोलीले चेकजाँचको क्रममा सिंहलाई ब्राउनसुगर ३२ ग्राम, डिजिटल तराजु १ थान, को ३३ प ३३१४ नम्बरको मोटरसाइकलसहित नियण्त्रणमा लिएको हो ।
प्रतिबन्धित ब्राउनसुगरसहित पक्राउ परेका सिंहमाथि जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post