विराटनगर : विराटनगर महानगरपालिका १३ बाट भारतीय नक्कली नोटसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत पूर्णिया थान चोकग्राम पन्चायतका ३४ वर्षीय राजु गुप्ता, मधुवनी सिपाही टोलका ३५ वर्षीय चन्दनकुमार ठाकुर र कनेला रानीपत्राका २२ वर्षीय मोहमद महसुम रहेका छन् ।
शुक्रबार (आज) बिहान साढे १० बजे विराटनगर १३ नहर चोकमा सिआरभी जतुवाबाट खटिएको चेकिङ टोलीले चेकजाँचको क्रममा टेम्पोमा सवार रहेका उनीहरूको साथबाट ४८ वटा १०० रुपैयाँका भारतीय नक्कली नोट बरामद भएको हो ।
नक्कली नोटसहित पक्राउ परेका उनीहरूको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post