धरान : विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी वर्गमा चर्चित नोबेल पुरस्कारका रूपमा परिचित ‘हल्ट प्राइज ‘को अन क्याम्पस कार्यक्रम धरानस्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा आयोजना भएको छ ।
शनिबार क्याम्पस परसरमा हल्ट प्राइज कार्यक्रमको आयोजना गरिएको हो ।
हल्ट प्राइज डाइरेक्टर प्रभास गौतमका अनुसार धरान, इटहरी र विराटनगरका विभिन्न क्याम्पसबाट आएका आठ टिमले सहभागी जनाएका थिए ।
सहभागीले निर्णायकहरूका अगाडि व्यवसाय गर्न सकिने उपायबारे जानकारी गराए ।
जसमध्ये इटहरीको विश्व आदर्श कलेजबाट आएको टिमले प्रथम स्थान हाँसिल गरेको छ। यस्तै, टिम ग्रीन, ग्रयन द्वितीय र टिम उडान तेश्रो भएको छ ।
अन क्याम्पस बिजेता भएको विश्व आदर्शको टिम अब रिजनल सम्बिटमा गएर प्रतिष्पर्धा गर्न पाउनेछन् । यस्तै, द्वितीय र तृतीय हुने टिमले पनि सहभागीताका लागि दर्खास्त दिनसक्नेछन् ।













Discussion about this post