इटहरी : पछिल्लो समय डिजिटल पत्रकारिताको विकाससँगै सञ्चारकर्मीहरूमा आँखा तथा कान जन्य समस्याहरू बढिरहेको पाइएको छ ।
कम्प्युटर, मोबाइल, ल्यापटप र क्यामेरा लगायतको उपकरणहरूको प्रयोगले सञ्चारकर्मीहरूको दृष्टि तथा श्रवण शक्तिमा समस्या आइरहेको अवस्थामा प्रेस युनियन सुनसरीले इटहरीमा निःशुल्क आँखा तथा कान परीक्षण कार्यक्रम गर्ने भएको छ ।
युनियनका सुनसरी सचिव विवेक भट्टराईका अनुसार विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोग तथा राष्ट्रिय फोटो पत्रकार समूह सुनसरीको सह–आयोजनामा उक्त कार्यक्रम युनियनले आयोजना गर्न लागेको हो ।
कार्यक्रममा विराटनगर आँखा अस्पतालले चिकित्सकीय टोली तथा अन्य प्राविधिक सहयोग गर्ने राष्ट्रिय फोटो पत्रकार समूह सुनसरीका अध्यक्ष गुरु ढकालले बताए ।
कार्यक्रममा सञ्चारकर्मीका साथै उनीहरूको परिवारका सदस्यहरूको समेत निःशुल्क आँखा तथा कान परीक्षण गरिने ढकालले जानकारी दिए ।परीक्षण इटहरी स्थित दुर्गा पार्टी प्यालेसमा फागुन १९ गते बिहीबार गरिनेछ ।














Discussion about this post