नेपालमा थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ३२० जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल ७ हजार ५१७ जना संक्रिय संक्रमित रहेका छन् ।
बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १६ हजार ७६१ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९४३ पुगेको छ भने ९ लाख ५७ हजार ८०८ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै १० वर्ष मुनिका ६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ जना कोरोना संक्रमित थपिएका छन् ।














Discussion about this post