नेपालमा थप १२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ३८५ जना कोरोना संक्रमणमुक्त भएका छन्, भने हाल ७ हजार २४२ जना संक्रिय संक्रमित रहेका छन् ।
शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १६ हजार ८८७ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९४५ पुगेको छ भने ९ लाख ५८ हजार १९३ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै १० वर्ष मुनिका ४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ८ जना कोरोना संक्रमित थपिएका छन् ।














Discussion about this post