इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । २४० जनाको पीसीआर परीक्षण गर्दा १३ र २३६ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापा र मोरङमा ४–४, सुनसरीमा ३ र पाँचथरमा २ जनामा संक्रमण देखिएको हो ।
झापाको मेचीनगरमा ३ र भद्रपुरमा १, मोरङको विराटनगर, लेटाङ, पथरीशनिश्चरे र बुढीगंगामा १–१, सुनसरीको धरान, बराहक्षेत्र र देवानगञ्जमा १–१, पाँचथरको मिक्लाजुङ र हिलिहाङमा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज २२ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल प्रदेशमा सक्रिय संक्रमितको संख्या ८५० रहेको मन्त्रालयले जनाएको छ ।














Discussion about this post