नेपालमा थप १९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ३४८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल ५ हजार ८७५ जना संक्रिय संक्रमित रहेका छन् ।
मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १७ हजार ३२८ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९४९ पुगेको छ भने ९ लाख ५९ हजार ८१७ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै १० वर्ष मुनिका २ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३ जना कोरोना संक्रमित थपिएका छन् ।














Discussion about this post