ताप्लेजुङ : ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा आगलागीमा परी घाइते भएकी वृद्धाको मृत्यु भएको छ ।
आगलागीमा गम्भीर घाइते भएकी स्थानीय ६७ वर्षीया चुलीमाया लिम्बूको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
शुक्रबार बिहान भएको आगलागीमा परी घाइते भएकी लिम्बूलाई उपचारका लागि जिल्ला अस्पतालमा लगिएको थियो ।
अस्पतालको आकस्मिक कक्षमा उपचारार्थ भर्ना भएकी लिम्बूको करिब ९ः१५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, आगलागीमा १६ वर्षीया रेविना लिम्बू सामान्य घाइते भएकी छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post