नेपालमा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा २१३ जना कोरोनाबाट सङ्क्रमणमुक्त भएका छन् भने हाल ४ हजार ५७४ जना संक्रिय संक्रमित रहेका छन् ।
बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार १०२ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९५० पुगेको छ भने ९ लाख ६१ हजार ५६१ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै १० वर्ष मुनिका बालबालिका कसैमा पनि कोरोना संक्रमण भएको देखिएको छैन भने ११ देखि २० वर्ष उमेर समूहका २ जना कोरोना संक्रमण पुष्टि भएको छ ।














Discussion about this post