विराटनगर : १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले मुख तथा दाँत सम्बन्धी एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेपाल डेन्टल एशोसियशन मोरङ शाखाको सहकार्यमा एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन भएको हो ।
आइतबार १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा सञ्चालित एकदिने स्वास्थ्य शिविरमा एक सय १६ जना प्रहरी कर्मचारीहरू लाभान्वित भएका छन् ।
शिविरमा उपस्थित प्रहरी कर्मचारीहरूलाई मुख तथा दाँतलाई कसरी स्वस्थ्य राख्ने भन्ने सम्बन्धमा डा. मीरा आचार्यले जानकारी गराएकी थिइन् ।














Discussion about this post