Sunday, August 2, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

आक्रमणमा मारिएकी प्रहरी जवान उर्मिला श्रेष्ठलाई शोक सलामी अर्पण

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र ७, २०७८
in समाचार
0
आक्रमणमा मारिएकी प्रहरी जवान उर्मिला श्रेष्ठलाई शोक सलामी अर्पण
406
SHARES
Share on FacebookShare on Twitter

इटहरी (डेस्क) : मोरङको लेटाङ नगरपालिका ५ मा आक्रमणबाट मारिएकी प्रहरी जवान उर्मिला श्रेष्ठलाई शोक सलामी दिइएको छ ।

कोसी अस्पताल विराटनगरको प्राङ्गणमा प्रदेश १ प्रहरी प्रमुख डिआइजी अरुणकुमार बिसीको उपस्थितिमा शोक सलामी अर्पण गरिएको हो ।

आक्रमणबाट मारिएकी उर्मिलाको शरीरमा डिआइजी बिसीले नेपाल प्रहरीको झन्डा ओढाएर पुष्पगुच्छासहित श्रद्धाञ्जली अर्पण गरे ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, मोरङ प्रहरीका प्रमुख एसपी जनार्दन जिसी, मोरङ ट्राफिक प्रमुख चन्द्रबहादुर खड्का लगायत प्रहरी कर्मचारीले पुष्पगुच्छासहित श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

तीन वर्षयता प्रहरी सेवामा कार्यरत प्रहरी जवान उर्मिला श्रेष्ठ आइतबार आक्रमणबाट मारिएकी हुन् ।

प्रहरीका अनुसार उदयपुरको त्रियुगा निवासी उर्मिलाको परिवारले शव लिएर गएको छ। उनको अन्त्यष्टि उदयपुरमै गर्ने तयारी छ।

उर्मिला २०७६ साउन १ गते प्रहरी सेवामा प्रवेश गरकी थिइन् । १ नम्बर प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय रानी विराटनगरमा दरबन्दी भएकी उर्मिलासहितको टोली आइतबार दिउँसो लेटाङ पुगेको थियो ।

शुक्रबार होलीको दिन लेटाङ नगरपालिका ५ को शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले सोही विद्यालयकी एक छात्रालाई घरमै पुगेर यौन दुर्व्यवहार गरेको विषयमा तनाव हुँदा प्रदर्शनकारीको आक्रमणबाट श्रेष्ठको मृत्यु भएको थियो ।

उनको घाँटीमा धारिलो हतियारबाट आक्रमण भएको थियो । प्रहरीमाथि आक्रमण गर्ने ८ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिइ अनुसन्धान शुरु गरेको छ ।

यो पनि – मोरङ आएर प्रधानमन्त्री देउवाले लेटाङ घटनाबारे चासो देखाउँदै भने, ‘हत्यामा संलग्नलाई कारबाही हुन्छ’

यो पनि – लेटाङ घटना अपडेट : पाँच जना पक्राउ

यो पनि – अपडेट : मोरङको लेटाङमा कर्फ्यु आदेश

यो पनि – मोरङको लेटाङमा शिक्षकले गरे १२ वर्षीया बालिकालाई बलात्कार, आक्रमणमा परी एक महिला प्रहरीको मृत्यु

Tags: #मोरङआक्रमणलेटाङ
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सात दिनपछि सुनसरी सामान्य लयमा, बजार खुले, यातायात नियमित
FEATURE BREAKING

सात दिनपछि सुनसरी सामान्य लयमा, बजार खुले, यातायात नियमित

by टाकुरा न्यूज । इटहरी
साउन १७, २०८३
0

इटहरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको गोलीकाण्डपछि प्रभावित बनेको सुनसरीको जनजीवन सात दिनपछि विस्तारै सामान्य अवस्थामा फर्किन थालेको छ।...

एकै दिनमा किन पछाडि हट्यो सुनसरी प्रशासन ? भोलिबाट औषधी पसल बाहेक अरु पसल खोल्न नपाईने
FEATURE BREAKING

सुनसरीका चार वटा पालिकामा सोमबार बिहानसम्म निषेधाज्ञा

by टाकुरा न्यूज । इटहरी
साउन १७, २०८३
0

इटहरी : सुनसरीमा सुरक्षा अवस्था क्रमशः सुधारउन्मुख देखिएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको दायरा घटाएको छ। अब निषेधाज्ञा चार स्थानीय तहमा...

हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापामा मानव–हात्ती द्वन्द्व : १६ वर्षमा ८० जनाको मृत्यु, २८ हात्ती मृत भेटिए

साउन १७, २०८३
सुनसरीका गोपाल कोइराला ‘त्यागी’माथि लेखिएको ‘एउटा अथक योद्धा’ लोकार्पण

सुनसरीका गोपाल कोइराला ‘त्यागी’माथि लेखिएको ‘एउटा अथक योद्धा’ लोकार्पण

साउन १७, २०८३
राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

साउन १७, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा ब्राउनसुगरसहित युवक पक्राउ

साउन १७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सात दिनपछि सुनसरी सामान्य लयमा, बजार खुले, यातायात नियमित

सात दिनपछि सुनसरी सामान्य लयमा, बजार खुले, यातायात नियमित

साउन १७, २०८३
एकै दिनमा किन पछाडि हट्यो सुनसरी प्रशासन ? भोलिबाट औषधी पसल बाहेक अरु पसल खोल्न नपाईने

सुनसरीका चार वटा पालिकामा सोमबार बिहानसम्म निषेधाज्ञा

साउन १७, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापामा मानव–हात्ती द्वन्द्व : १६ वर्षमा ८० जनाको मृत्यु, २८ हात्ती मृत भेटिए

साउन १७, २०८३
सुनसरीका गोपाल कोइराला ‘त्यागी’माथि लेखिएको ‘एउटा अथक योद्धा’ लोकार्पण

सुनसरीका गोपाल कोइराला ‘त्यागी’माथि लेखिएको ‘एउटा अथक योद्धा’ लोकार्पण

साउन १७, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    632 shares
    Share 253 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.