विराटनगर : सत्तारुढ दल कांग्रेसले प्रमुख सचेतकमा प्रदेशसभा सदस्य सूयर्माराज राईलाई बिहीबार नियुक्त गरेको छ ।
कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले संसदीय दलको विधान २०७४ को दफा ११ को उपदफा (१) अनुसार रिक्त रहेको प्रमुख सचेतकको जिम्मेवारी राईलाई दिएको जानकारी दिए ।
यसअघि राई सचेतकको जिम्मेवारी सम्हाल्दै आएका थिए । प्रमुख सचेतक केदार कार्की आन्तरिक मामिला तथा कानुनमन्त्री भएपछि राईलाई जिम्मेवारी दिएको हो ।














Discussion about this post