ताप्लेजुङ : ताप्लेजुङको फुङलिङ नगरपालिका ९ गुरुङ गुम्बामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । मृत्यु हुनेमा फुङलिङ नगरपालिका ८ का २८ वर्षीय रुपेश राई रहेका छन् ।
हिजो बेलुका सोहि स्थानको भित्री सडक खण्डमा दाउरा लिएर दक्षिणतर्फ आउदै गरेको मे १ त ७७८ नम्बरको ट्याक्टर अनियन्त्रीत भई सडकबाट १५ मिटर तल खसेर दुर्घटना हुँदा घटनास्थलमानै राईको मृत्यु भएको हो भने ३ जनाको जिल्ला अस्पताल ताप्लेजुङमा उपचारार्थ छन् ।
घटनाबारे जानकारी पाएलगतै घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले घटना सम्बन्धमा थप अनुसन्धान गरीरहेको जनाएको छ ।














Discussion about this post