Friday, September 11, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरी बम बिस्फोट : आपराधिक ‘ब्याकग्राण्ड’ का मुख्य नाइकेसहित चारजना प्रहरी फन्दामा (भिडियो)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र १८, २०७८
in टाकुरा विशेष, समाचार
0
इटहरी बम बिस्फोट : आपराधिक ‘ब्याकग्राण्ड’ का मुख्य नाइकेसहित चारजना प्रहरी फन्दामा (भिडियो)

घटनामा संलग्नलाई सार्वजनिक गर्दै इटहरी प्रहरी ।

460
SHARES
Share on FacebookShare on Twitter

इटहरी : गत चैत १४ गते राति इटहरी उपमहानगरपालिका वडा नं. २ स्थित नवजागृति टोलमा रहेको अमित श्रेष्ठको घरको तल्लो तलामा बम बिस्फोटमा संलग्न चारजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

शुक्रबार इलाका प्रहरी कार्यालय इटहरीमा पत्रकार सम्मेलन गरी घटनाका मुख्य योजनाकारसहित चारजनालाई प्रहरीले सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाका अनुसार पक्राउ पर्नेमा झापाको कन्काइ नगरपालिका ८ लक्ष्मीपुर बस्ने ४३ वर्षीय सञ्जय भनिने खगेन्द्र खरेल, इटहरी २ मै कोठाभाडामा बस्दै आएकी आशा भनिने लक्ष्मीदेवी थापा (ठकुरी), उनकै छोरा २० वर्षीय रबिन थापा र लमजुङको ढोडेनी गाउँपालिका ७ स्थायी घर भएका २३ वर्षीय शेरजङ्ग गुरुङ रहेका छन् ।

इटहरीमै माइती घर भएकी महिला ठकुरीको श्रीमान सात वर्षअघि नै कोरिया वैदेशिक रोजगारीमा जाँदा उतै मृत्यु भएको बताइएको छ ।

उनीहरूमध्ये खरेल मुख्य योजनाकार रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनलाई बिहीबार झापाको मेचीनगर ६ स्थित नेपाल–भारत सिमाना काकडभिट्टाबाट पक्राउ गरिएको एसपी थापाले बताए ।

पक्राउ परेकाहरूको साथमा रहेको हिमाल सुरक्षा परिषद्को पर्चा, कफन लेखिएको सदस्यता कार्ड, विभिन्न बैँकको चेक, विभिन्न ब्राण्डको मोबाइल बरामद गरिएको उनले बताए ।

पक्राउ परेकाहरूलाई सुनसरी जिल्ला अदालतबाट बम बिस्फोटन र संगठित अपराध मुद्दा शीर्षकमा म्याद थप गरी घटना सम्बन्धमा थप अनुसन्धान तथा कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

घटनाको प्रकृति हेर्दा उनीहरू योजनाबद्व तरिकाले लागेको, आसन्न निर्वाचनलाई त्रास पैदा गर्नका लागि पनि सुनसरीलाई टार्गेट गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए ।

खरेलको ‘ब्याकग्राण्ड’ आपराधिक गतिविधि

मुख्य योजनाकार सञ्जय भनिने खगेन्द्र खरेल यसअघि पनि विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको अभियोगमा जेल चलान भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी थापाले बताए ।

‘यसअघि पनि बिस्फोटक पदार्थ तथा संगठित अपराधमा संलग्न भएको अभियोगमा दुई वर्ष पाँच महिना सजाय भुक्तान गरी छुटेका रहेछन्,’ उनले भने, ‘उनी हिमाल सुरक्षा परिषद् नेपालको केन्द्रीय अध्यक्ष रहेको र घटनामा संलग्न अन्य व्यक्तिहरूको बारेमा पनि थप अनुसन्धान भइरहेको छ ।’

भारतीय आर्मी २०५५ सालमा भारतीय सेनामा भर्ती भएका उनले चार वर्ष सेवा गरेका थिए ।

‘निजको विगत हेर्दा चार वर्ष भारतीय सेनामा भर्ती भएर सेवा गरेको देखिन्छ,’ एसपी थापा भन्छन्, ‘पछिल्ला दिनमा भारतको दिल्ली, सिलगढीमा बस्दै नेपालमा विभिन्न समयमा आतङ्क सिर्जना गर्दै आएका रहेछन् ।’

प्रहरीका अनुसार गत माघ ९ गते झापाको बिर्तामोडमा र माघ १३ गते दमकस्थित शिवान चर्चमा हिमाल सुरक्षा परिषद्का पर्चाहरूसहित बिस्फोटक पदार्थ राख्नेका मुख्य नाइके खरेल नै रहेको खुलेको छ । यसअघि यही परिषद्को नाममा आतङ्क सिर्जना गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

हिमाल सुरक्षा परिषदको पर्चा भर्खरै सशस्त्र युद्वको घोषणा गरेको संगठन हो । फागुन १५ गते यो सङ्गठनले एक विज्ञप्ति निकाल्दै सशस्त्र युद्धको घोषणा गरेको थियो ।

संघीयता खारेज, ५ विकास क्षेत्र कायम गरिनुपर्ने, हिन्दु राष्ट्रिय कायम गर्नुपर्ने, नागरिकता छानबिन गर्नुपर्ने, भारत–चीन सिमा विवाद समाधान गरिनुपर्ने, स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने, एमसीसी सम्झौता खारेज गरिनुपर्ने लगायतका मागहरू यो सङ्गठनले राख्दै सशस्त्र युद्वको घोषणा गरेको हो ।

खरेलले नेतृत्व गरेको भनिएको हिमाल सुरक्षा परिषद् नेपाल भन्ने संगठनमा राजनीतिक पृष्ठभूमि भएका व्यक्ति संलग्न नभएर वैदेशिक रोजगारी सम्बन्धी ठगी, लागूऔषध मुद्दामा जेल परेर छुटेकाहरू छन् ।

झापा, मोरङ र सुनसरीका व्यापारी व्यवसायीलाई तर्साएर चन्दा असुल्ने धन्दा चलाउने उद्देश्यले स्थानीय तहको चुनाव नजिकिँदै गर्दा चर्चमा बम विस्फोट गरी आतंक मच्चाउन खोज्दा इटहरीको आफ्नै सेल्टरमा बम विस्फोट भएको प्रहरीको भनाइ छ ।

यसअघि २०७६ वैशाख २८ गते झापाको कन्काई पुलमा समेत गोर्खा जनमुक्ति पार्टीको नाममा ग्रेटर नेपालको माग राख्दै बिस्फोटक पदार्थ तथा संगठित अपराध कसूरमा दुई वर्ष ५ महिना कैद सजाय भुक्तान गरिसकेका खरेलबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धानमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर (आरआइटी), संघीय प्रहरी इकाई कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय इटहरीको संयुक्त टोली खटिएको थियो ।

(भिडियो)

यो पनि – इटहरी बम बिस्फोटमा संलग्न चारजना प्रहरीद्वारा सार्वजनिक

यो पनि – इटहरी बम बिस्फोटबारे के भन्छन् सुनसरीका एसपी ?

यो पनि – इटहरीमा बम बिस्फोट, दुईजना घाइते

 

Tags: #इटहरी#इटहरी प्रहरीअपराधटाकुरा विशेषबम
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

आजको राशिफल – भाद्र २१ गते आइतबार
धर्म/संस्कृति

आजको राशिफल (भदौ २६ गते शुक्रबार)

by ज्यो. पं. सम्राट् गाैतम
भदौ २६, २०८३
0

२०८३ भदौ २६ गते शुक्रबार, सोही अनुसार ११ सेप्टेम्बर २०२६ । श्रीशाके १९४८, नेपाल संवत् ११४६ गुँलागा, दक्षिणायन, वर्षा ऋतु,...

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ
FEATURE BREAKING

कर्तव्य गरी घटना ढाकछोप, दुईजना बालक पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ २५, २०८३
0

फिदिम | पाँचथरको मिक्लाजुङ गाउँपालिकामा एक पुरुषको हत्या गरी आत्महत्याको रूप दिन खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला...

भोटेकोशी बाढी, उद्धारसँगै पुनःस्थापनाको चुनौती

भोटेकोशी बाढी, उद्धारसँगै पुनःस्थापनाको चुनौती

भदौ २५, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

एकै दिन सुनसरीमा पाँच फरार प्रतिवादी पक्राउ

भदौ २५, २०८३
कानुन पढ्ने विद्यार्थी न्यायको नेतृत्वकर्ता हो – मनोविज्ञ अधिकारी

कानुन पढ्ने विद्यार्थी न्यायको नेतृत्वकर्ता हो – मनोविज्ञ अधिकारी

भदौ २५, २०८३
सर्पको टोकाइबाट एक महिलाको मृत्यु

इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

भदौ २५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

आजको राशिफल – भाद्र २१ गते आइतबार

आजको राशिफल (भदौ २६ गते शुक्रबार)

भदौ २६, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

कर्तव्य गरी घटना ढाकछोप, दुईजना बालक पक्राउ

भदौ २५, २०८३
भोटेकोशी बाढी, उद्धारसँगै पुनःस्थापनाको चुनौती

भोटेकोशी बाढी, उद्धारसँगै पुनःस्थापनाको चुनौती

भदौ २५, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

एकै दिन सुनसरीमा पाँच फरार प्रतिवादी पक्राउ

भदौ २५, २०८३



लाेकप्रिय

  • सर्पको टोकाइबाट एक महिलाको मृत्यु

    इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    336 shares
    Share 134 Tweet 84
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    311 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    295 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    290 shares
    Share 116 Tweet 73
  • सङ्खुवासभामा गोली हानेर प्रधानाध्यापकको हत्या

    233 shares
    Share 93 Tweet 58

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.