Monday, July 27, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरी बम विस्फोटले टर्‍यो काठमाडौँसहितका सहरमा बम विस्फोट गराउने योजना

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र २०, २०७८
in टाकुरा विशेष, समाचार
0
इटहरी बम बिस्फोट : आपराधिक ‘ब्याकग्राण्ड’ का मुख्य नाइकेसहित चारजना प्रहरी फन्दामा (भिडियो)

घटनामा संलग्नलाई सार्वजनिक गर्दै इटहरी प्रहरी ।

205
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा चैत्र १४ गते ‘मिस हेन्डल’ को कारण भएको बम विस्फोटको घटनाले निर्वाचनको मुखमा अन्य शहरमा हुन सक्ने अप्रिय घटना टरेको छ ।

विस्फोटमा हिमाल सुरक्षा परिषद र कङग्रेन्ट फ्रन्ट अफ नेपाल नाम गरेको सङ्गठनका कार्यकर्ता घाइते भएपनि यो संगठनको योजना, निर्वाचन केन्द्रित आतंक मच्चाउने र अप्रिय घटना घटाउने थियो ।

घटनामा संलग्न इटहरी २ बस्ने २० वर्षीय रबिन थापा, ३२ वर्षीया लक्ष्मीदेवी थापा, लमजुङ ७ ढोडेनीका २३ वर्षीय शेरजंग गुरुङ र विस्फोटक पदार्थ ल्याउने मुख्य योजनाकार झापा लक्ष्मीपुर ७ का ४३ वर्षीय सजय उर्फ खगेन्द्र खरेल पक्राउ परेका छन् ।

रबिन थापाको डेरामा भारतीय सिमा जोगवनीबाट शेरजंगले ल्याएको सुतली बम साँझ १० बजे बिस्फोट भएको थियो । बम ‘मिस हेन्डल’ को कारण बिस्फोट भएको प्रहरीको निष्कर्ष छ । यही घटनाका कारण सुनसरीसहित मोरङ, काठमाडौँ र पोखरामा बम बिस्फोट गराउने यी दुई संगठनको शृंखलाबद्ध योजना असफल बनेको हो ।

द्ययm एउ बम बिस्फोट गराएर आतंक मच्चाउने योजनाका मुख्य योजनाकार खगेन्द्र खरेललाई प्रहरीले पक्राउ गरि अनुसन्धान गर्ने क्रममा ४ वटा जिल्लामा डेढ महिना भित्र धेरै ठाँउमा बम बिस्फोट गराउने संगठनको गोप्य योजना खुलेको थियो । जसमा चर्च, केही ठूला होटल र सार्वजनिक स्थानहरू निश्चित गरिएका थिए । काठमाडौँमा मात्र ४ वटा बम बिस्फोट गराउने खरेलको योजना थियो ।

खरेलले सङ्गठनका अन्य कार्यकर्तालाई लेखेको म्यासेजका आधारमा प्रहरीले इटहरी बाहेक अन्य शहरमा समेत बम बिस्फोट गराउने योजना बनाएको अनुसन्धानको क्रममा देखिएको प्रहरी स्रोतको दाबी छ । जसमा १५ गते इटहरीको एक चर्चमा बम बिस्फोट गराउने खरेलको योजना थियो ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृत भन्छन् ‘१४ गते पड्केको बमलाई नै राती इटहरीको एउटा चर्चमा बिस्फोट गराउने योजना थियो । त्यसको लागि चर्च फाइनल भइसकेको थियो ।’ चर्चको नाम उल्लेख नगर्ने शर्तमा ति अधिकृतले भने, ‘चर्चमा यदि कुनै कारण वस बम बिस्फोट गर्न नसकिए इटहरीको मुख्य चौकमा बम राख्ने उनीहरूको वैकल्पिक योजना थियो ।’

तर बम बिस्फोट गराउने जिम्मेवारी पाएका शेरजंगले राती कोठामै सोही बम मिस हेन्डल गरेर भुलवश बिस्फोट गराए ।विस्फोटका कारण शेरजंगको शरिरसगै हातमा र रबिनको आखामा चोट लागेको छ ।

मुख्य योजनाकार खरेलले नै शेरजंगलाई जोगवनी नाकाबाट एक व्यक्ति मार्फत विस्फोटक पदार्थ भएको झोला रिसिभ गर्न लागएका थिए । उक्त झोला १४ गते नै शेरजंगले रबिनको कोठामा ल्याएका थिए ।

व्जयबि इटहरीमा बम बिस्फोट गराउने योजना तयारी गरेर खरेल भने झापाको भारतीय सिमा नजिकको नकलबन्दा क्षेत्रमा लुकेका थिए । तर खरेल र शेरजंगबिच सम्पर्क भइरहेको थियो । घटनामा पक्राउ परेकी लक्ष्मीदेवी थापा समेत खरेल आबद्ध संगठनको कार्यकर्ता हुन । बम विस्फोटबाट घाइते रबिन र लक्ष्मी आमा छोरा हुन । प्रहरीले रबिनको घटना संलग्नता छ छैन अनुसन्धान गरिरहेको छ ।

इटहरीमा बम बिस्फोट गराउने योजनाको लागि ल्याइएका लमजुङका शेरजंगलाई लक्ष्मीले आफ्नो कोठामा पाहुना भनेर २० दिनदेखि राखिरहेकी थिइन । शेरजंगलाई खरेलले काम पश्चात भारतहुँदै विदेश पठाइदिने आश्वासन दिएका थिए ।

‘इटहरीको अन्य ठाँउमा बिस्फोट गराउन ल्याइएको विस्फोटक पदार्थ ९सुतली बम० भुलवश डेरामै बिस्फोट भएको हो’ सुनसरीका एसपी सञ्जयसिंह थापा भन्छन्, ‘यही विस्फोटको अनुसन्धान गर्दै जादा अन्य ठाँउमा पनि बिस्फोट गराउने योजना खुलेको छ ।’ यसले निर्वाचनको मुखमा अन्य शहरमा हुन सक्ने अप्रिय घटना तत्काल टरेको हाम्रो बुझाई छ ।

अहिले सम्मको अनुसन्धानले बिशुद्ध निर्वाचनको माहोललाई आतंकित बनाउने र चन्दा उठाउने यो संगठनको उद्धेश्य रहेको थापा बताउछन् । खरेलको कनेक्सनमा रहेका अन्य केही व्यक्तिहरुको समेत खोजी भइरहेको एसपी थापाले अपराध न्यूजलाई बताए ।

बम बिस्फोटपछि जिल्ला प्रहरी कार्यालय सुनसरी, इटहरी प्रहरी, १ नं. प्रदेश प्रहरीको आरआईटी र संघीय प्रहरी इकाई कार्यालय धरानले यो घटनाको संयुक्त अनुसन्धान गरेको थियो । प्रहरीले चारै जनालाई बम विस्फोटन र संगठित अपराध मुद्दा चलाएको छ ।

को हुन खरेल ?

मुख्य योजनाकार भनिएका झापाका खगेन्द्र खरेल नेतृत्व समूहले माघ १० गते झापाको बिर्तामोडस्थित पश्चिम बस स्टेण्डमा बम विस्फोट गराएको थियो । उनकै नेतृत्वमा रहेको समूहले माघ १३ गते झापाको दमकस्थित शिवान चर्चमा हिमाल सुरक्षा परिषदका पर्चासहित बिष्फोटक पदार्थ जस्तो देखिने शंकास्पद वस्तु प्रेसर कुकर राखेको थियो ।

२०५५ सालमा भारतीय सेना भएर चार वर्षसम्म काम गरेर छाडेका खरेलले २०७६ वैशाख १८ गते झापाको कन्काई पुलमा गोर्खा जनमुक्ति पार्टीको नाममा ग्रेटर नेपालको माग राखी बिष्फोटक पदार्थ तथा संगठित अपराध कसूर मुद्दामा २ वर्ष ५ महिना कैद सजाय भुक्तान गरिसकेका छन् ।

भारतीय सेनामा कमाण्डो तालिम गरेको उनले आफै विस्फोटक पदार्थ बनाउने गरेको अनुसन्धानमा संलग्न प्रहरी बताउछन् ।खरेल राजावादी समूहका पक्षमा वकालत गर्ने समूहको नाममा परिचालित हिमाल सुरक्षा परिषद नेपालको प्रमुख हुन ।

यस्तै कङग्रेन्ट फ्रन्ट अफ नेपाल (कफन) समेत उनले स्थापना गरेको संगठन भएको प्रहरीको भनाई छ । उनले सीमित व्यक्तिलाई आर्थिक प्रलोभन दिएर बम बिस्फोट गराउने तथा ओसारपसार गर्न लगाउने प्रहरी अनुसन्धानबाट खुलेको छ ।

(मनोज भुजेलले लेखेको यो समाचार अपराध न्यूजबाट साभार गरिएको हो ।)

यो पनि – इटहरी बम बिस्फोट : आपराधिक ‘ब्याकग्राण्ड’ का मुख्य नाइकेसहित चारजना प्रहरी फन्दामा (भिडियो)

यो पनि – इटहरी बम बिस्फोटमा संलग्न चारजना प्रहरीद्वारा सार्वजनिक

यो पनि – इटहरी बम बिस्फोटबारे के भन्छन् सुनसरीका एसपी ?

यो पनि – इटहरीमा बम बिस्फोट, दुईजना घाइते

Tags: #इटहरीअपराधटाकुरा विशेषबम
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

ठगी गर्ने इटहरीका सुन पसले जेल चलान
समाचार

गोली प्रहारपछि समातिए झुम्का कारागारबाट फरार कैदी

by टाकुरा न्यूज । इटहरी
साउन १०, २०८३
0

इटहरी : सुनसरीको झुम्का कारागारबाट फरार भएका कैदी सिराहामा लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन्। प्रहरीको गोली प्रहारपछि नियन्त्रणमा लिइएका ६...

Auto Draft
पर्यावरण

इलामको उच्च पहाडी वनमा हिमाली कालो भालुको अभिलेख

by टाकुरा न्यूज । इटहरी
साउन १०, २०८३
0

इलाम : इलामको माइजोगमाई गाउँपालिकास्थित थुम्केरानी क्षेत्रमा दुर्लभ हिमाली कालो भालु प्रत्यक्ष देखिएको छ। वन्यजन्तु फोटोग्राफर देवेन खरेलले क्यामरामा कैद...

सालिक किन रंगहीन? मूर्तिकार विक्रमश्री भन्छन्– प्राकृतिक स्वरूपले नै दिन्छ कालजयी पहिचान

सालिक किन रंगहीन? मूर्तिकार विक्रमश्री भन्छन्– प्राकृतिक स्वरूपले नै दिन्छ कालजयी पहिचान

साउन १०, २०८३
सुनसरीमा भन्सार छलीका सामान छाडेर तस्कर फरार, ८ लाखको कपडा र तीन मोटरसाइकल बरामद

सुनसरीमा भन्सार छलीका सामान छाडेर तस्कर फरार, ८ लाखको कपडा र तीन मोटरसाइकल बरामद

साउन ९, २०८३
माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

मोरङमा साथीसँग खेल्न गएकी बालिका पोखरीमा डुबिन्

साउन ९, २०८३
फरार कैदी पुनः अपराधमा, झुम्का कारागारबाट भागेका अभिषेक चोरीको स्कुटरसहित पक्राउ

७५० क्षमताको कारागारमा एक हजार ५८५ कैदीबन्दी, नयाँ संरचनातर्फ झापा प्रशासनको तयारी

साउन ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

गोली प्रहारपछि समातिए झुम्का कारागारबाट फरार कैदी

साउन १०, २०८३
Auto Draft

इलामको उच्च पहाडी वनमा हिमाली कालो भालुको अभिलेख

साउन १०, २०८३
सालिक किन रंगहीन? मूर्तिकार विक्रमश्री भन्छन्– प्राकृतिक स्वरूपले नै दिन्छ कालजयी पहिचान

सालिक किन रंगहीन? मूर्तिकार विक्रमश्री भन्छन्– प्राकृतिक स्वरूपले नै दिन्छ कालजयी पहिचान

साउन १०, २०८३
सुनसरीमा भन्सार छलीका सामान छाडेर तस्कर फरार, ८ लाखको कपडा र तीन मोटरसाइकल बरामद

सुनसरीमा भन्सार छलीका सामान छाडेर तस्कर फरार, ८ लाखको कपडा र तीन मोटरसाइकल बरामद

साउन ९, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    773 shares
    Share 309 Tweet 193
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    629 shares
    Share 252 Tweet 157
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.