इटहरी : टिम्बर क्राफ्टको अधिकासरक डिलर मामा–भान्जा ट्रेडस इटहरी र टिम्बर क्राफ्ट डोरको आयोजनामा डिलर मिट सम्पन्न भएको छ ।
नेपाली स्किन ढोकाको क्षेत्रमा सेवा दिँदै आएको मामा–भान्जा ट्रेडसको आयोजनामा विगतका वर्षझैं यसवर्ष पनि डिलर मिट समपन्न भएको हो ।
डिलरहरूको गुनासो तथा बुझ्न चाहेको कुरा स्पष्ट पार्ने र पूर्वाञ्चलमा नेपाली स्किन ढोकाको बजार विस्तार गर्ने उद्देश्य कार्यक्रम आयोजना गरिएको मामा–भान्जा ट्रेडसका सञ्चालक रविन निरौलाले जानकारी दिए ।
नेपाली ढोकाबारे जान्न चाहनेहरूलाई टिम्बर क्राफ्टका प्रबन्ध निर्देशक योगेन्द्रजंग बस्नेतले जानकारी गराए ।
यस्तै, उत्कृष्ट काम गरेको भन्दै मामा–भान्जा ट्रेडसमा कायर्रत सेल्स म्यानेजर अनुजा चौधरीलाई सम्मान गरिएको छ । चौधरी विगत ३ वर्षदेखि मामा–भान्जा ट्रेडसमा कायर्रत छिन् ।















Discussion about this post