इटहरी : नेपाली कांग्रेस इटहरी वडा नं. २ ले आयोजना गरेको रक्तदान कार्यक्रममा ५९ पिन्ट रगत संकलन भएको छ ।
शनिबार पार्टीको सम्पर्क कार्यालय उद्घाटनसँगै आयोजना गरिएको रक्तदानमा ५९ पिन्ट रगत संकलन भएको हो ।
वडासभापति दीपेन्द्र घिमिरेका अनुसार पछिल्लो समय रगतको चरम अभाव भइरहेको कुरालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
इटहरी २ स्थित देवीथान चोकमा आयोजना गरिएको रक्तदानमा स्थानीय क्षेत्रका सामाजिक व्यक्तिहरूको उपस्थिति थियो । रक्तदानका लागि सार्वजनिक रूपमा आह्वान गरिएको थियो ।
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा रक्तदान सम्पन्न गरिएको घिमिरेले बताए ।














Discussion about this post